Tuesday, May 12, 2026
spot_img
Homeराजनीतिप्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान

प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान

सेवासञ्चार
काठमाडौं, २४ भाद्र

प्रधानमन्त्री केपी शर्मा ओलीेले मुलुकमा उत्पन्न असहज परिस्थितिको अन्त्यका निम्ति संवादका माध्यमबाट निकास खोज्न आग्रह गर्दै आज साँझ ६ः०० बजेका लागि सर्वदलीय बैठक आव्हान गरेका छन् ।

प्रधानमन्त्री ओलीले आज विज्ञप्ति जारी गर्दै सोमबार राजधानी र देशका विभिन्न भागमा भएका प्रदर्शन र त्यसपछिको घटनाप्रति दुःख व्यक्त गर्दै ‘कुनै पनि रुपको हिंसा राष्ट्रको हितमा नहुने र शान्तिपूर्ण तथा संवादका माध्यमबाट समाधान खोज्ने परिपाटी नै हामीले अपनाउने विधि हो’, भनका छन् ।

‘उत्पन्न परिस्थितिको मूल्याङ्कन गर्न र सार्थक निष्कर्षका लागि सम्बद्ध पक्षसँग संवादमा रहेको छु । त्यसैका लागि आज साँझ ६ः०० बजे संर्वदलीय बैठक आह्वान गरेको छुु ।’, प्रधानमन्त्री ओलीले ‘सम्पूर्ण दाजुुभाइ दिदीबहिनीलाई यो विषम परिस्थितिमा संयम रहन विनम्र अनुरोध गर्दछुु ।’ अपिलमा भनेका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments