सेवासञ्चार
काठमाडौं, २३ भाद्र
काठमाडौंमा भएको जेनजी आन्दोलनमा ठूलो मानवीय क्षति भएको छ । विभिन्न अस्पतालमा उपचाररत घाइतेमध्ये नौ जनाको मृत्यु भएको पुष्टि भएको छ भने थप घाइतेको पनि मृत्यु भएको समाचार बाहिर आएका छन् ।
ट्रमा सेन्टरमा मात्रै छ जनाको मृत्यु भएको उपचारमा संलग्न चकित्सिकले बताएका छन् । सिभिल अस्पतालमा दुई, काठमाडौं मेडिकल कलेजमा एक जना घाइतेको मृत्यु भएको छ । त्यस्तै एभरेस्ट अस्पतालमा तीन जनाको मृत्यु भएको छ । सोमबार दिउँसो बानेश्वरमा भएको जेनजी पुस्ताको आन्दोलनमा परी घाइते भएका तीन जनाको एभरेष्ट अस्पतालमा मृत्यु भएको एक डाक्टरले बताए । पछिल्लो समाचारअनुसार मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ ।
ट्रमा सेन्टरका चकित्सिकका अनुसार २५ जनाभन्दा बढी घाइते आकस्मिक कक्षमा उपचाररत छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र लगातार शल्यक्रिया तथा उपचार भइरहेको छ । मेडकिल कलेजमा उपचारमा रहेका दुई जनाको अवस्था गम्भीर रहेको चिकित्सकले जानकारी गराएका छन् । उनका अनुसार घाइते थपिने क्रम जारी छ ।
उपत्यका बाहिरका विभिन्न सहरमा पनि प्रदर्शन जारी छ ।