Monday, September 15, 2025
spot_img
Homeसमाजफेसबुकलगायत सामाजिक सञ्जाल सञ्चालनमाथि सरकारको प्रतिबन्ध

फेसबुकलगायत सामाजिक सञ्जाल सञ्चालनमाथि सरकारको प्रतिबन्ध

सेवासञ्चार
काठमाडौं, १९ भाद्र

सरकारले फेसबुकसहित २६ सामाजिक सञ्जाललाई सञ्चालनमा प्रतिबन्धित गर्ने निर्णय गरेको छ । सञ्चार मन्त्रालयले सूचीकरण हुन नआएका सामाजिक सञ्जाललाई सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तोकिएको समयमा सूचीकृत हुन नआएका फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, एक्स, लिंक्डइन, स्न्यापच्याट, रेडिट, वी च्याट, थ्रेड, इमोसहित २६ सामाजिक सञ्जाल ब्लग गर्ने निर्णय गरेको हो ।

मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्णय कार्यान्वयनका लागि पत्राचार गरिसकेको छ । तोकिएको समयमा सूचीकरण हुन नआएका सामाजिक सञ्जाललाई सञ्चालनमा प्रतिबन्ध लगाउने निर्णय भएको हो । यद्यपि निर्णय कार्यान्वयनको चरणमा रहेको प्राधिकरणको भनाइ छ ।

सर्वोच्च अदालतको पूर्ण इजलासले स्वदेशी वा विदेशी उत्पत्तिका अनलाइन तथा सामाजिक सञ्जाल प्लेटफर्महरुलाई सञ्चालनपूर्व अनिवार्यरूपमा सम्बन्धित साधिकार निकायबाट सूचीकरण गरी अनिच्छित सामग्रीहरूको मूल्याङ्कन र अनुगमन गर्न सरकारको नाममा निर्देशनात्मक आदेश दिएको थियो । उक्त आदेशको परिपालनाका लागि भदौ ९ को मन्त्रिपरिषद्को निर्णयअनुसार सरकारले ७ दिनको म्याद दिई सामाजिक सञ्जालहरूलाई सूचीकरणका लागि भदौ १२ गते सार्वजनिक सूचना जारी गरेको थियो । तर, तोकिएको समयभित्र पनि सूचीकरणका लागि नआएका सामाजिक सञ्जालहरूको हकमा सञ्चालनमा प्रतिबन्ध लगाउने निर्णय भएको मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले जानकारी दिए ।

यससँगै अब टिकटक, भाइबर, निम्बुज, विटक, पोपोलाइभमात्रै नेपालमा चल्ने भएका छन् । फेसबुक बन्द हुनुअघि भाइबरमा प्रयोगकर्ताको निकै आकर्षण देखिएको छ । आपसी सम्पर्कका लागि विभिन्न सरकारी तथा गैरसरकारी निकायले भाइबरको सम्पर्क विवरण सार्वजनिक गरिरहेका छन् । यस्तै टिकटक यसअघि नै चर्चित रहेकाले उसको पनि आकर्षण थप बढेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments