सेवासञ्चार
काठमाडौं, १७
भाद्रसागर डिसिटलरीले आईपीओ निष्कासन गर्ने भएको छ । आईपीओ २५ भाद्रदेखि निष्कासनमा आउने कम्पनीले जनाएको छ ।
कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन तथा बाँडफाँड गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख ५२ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो । कुल कित्ता आईपीओमध्ये १० प्रतिशतले हुन आउने १ लाख ४५ हजार २०० कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरी बाँडफाँडसमेत भइसकेको छ ।
यसबाहेक कम्पनीले ५ प्रतिशत अर्थात् ७२ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँड गरिसकेको छ भने ४३ हजार ५६० कित्ता शेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित राखेको छ ।
बाँकी रहेको ११ करोड ९० लाख ६४ हजार रुपैयाँ बराबरको ११ लाख ९० हजार ६४० कित्ता आईपीओ भने सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ निष्कासन गर्न लागेको हो ।
सर्वसाधारण लगानीकर्ताले आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्दै आवेदन पेश गर्न सक्नेछन् ।
यो आईपीओ निष्कासन अवधि छिटोमा भदौ २९ गतेसम्मका लागि तोकिएको छ । सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा भने ढिलोमा असोज ८ गतेसम्म निष्कासन लम्बिने जानकारी कम्पनीले दिएको छ ।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको कम्पनीको आईपीओ खरिद गर्न आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनले तोकेका कार्यालयमार्फत आवेदन दिन सकिने कम्पनीले जवनाएको छ । साथै मेरो शेयर अनलाइनमार्फत समेत आवेदन दिन सकिने व्यवस्था कम्पनीले गरेको छ ।