Monday, September 15, 2025
spot_img
Homeराष्ट्रियभूमिसम्बन्धी विधेयक बहुमतले पारित

भूमिसम्बन्धी विधेयक बहुमतले पारित

सेवासञ्चार
काठमाडौं, १३ भाद्र

‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ प्रतिनिधिसभाको शुक्रबारको बैठकबाट बहुमतले पारित भएको छ । विधेयक पारित हुनुअघि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ पारित गरियोस्‌’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

प्रस्ताव प्रस्तुत गर्नुअघि मन्त्री अधिकारीले छलफलमा उठेका प्रश्नहरूको जबाफ दिँदै भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन विधेयक ल्याइएको बताएका थिए । उनले विधेयकमा कतै पनि हदबन्दीभन्दा बढी जग्गा दिने व्यवस्था नगरिएको दाबी गरे ।

भूमिको वर्गीकरण गर्दा आवास र आवासीयमा नपरेका जग्गासमेत कित्ताकाट गरेर बेच्न पाउने व्यवस्था यो विधेयमा गरिएको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने व्यवस्था विधेयकमा राखिएसँगै अव्यवस्थित बसोबासीलाई समेत वर्गीकरण गरेर राज्यले जमिन दिने बाटो खुला हुने भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments