सेवासञ्चार
काठमाडौं, १३ भाद्र
सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । स्थानीय बजारमा बिहीबारको तुलनामा आज शुक्रबार सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले वृद्धि भएको छ भने त्यति नै परिमाणको चाँदीमा पाँच रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ६०० रुपैयाँ निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी २ हजार ३६० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
हिजो बिहीबार एक तोला सुन १ लाख ९९ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी २ हजार ३५५ रुपैयाँमा खरिदबिक्री भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज शुक्रबार सुन प्रतिऔंस ३ हजार ४०८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।