Monday, September 15, 2025
spot_img
Homeअन्तरास्ट्रियसाफ यू–१७ महिला च्याम्पियनसिप : नेपालको उपाधि यात्रा समाप्त

साफ यू–१७ महिला च्याम्पियनसिप : नेपालको उपाधि यात्रा समाप्त

सेवासञ्चार
काठमाडौं, ११ भाद्र

साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालको उपाधि सम्भावना समाप्त भएको छ । बुधबार बंगलादेशसँग लगातार दोस्रो हार बेहोरेसँगै भुटानमा जारी साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालको उपाधि सम्भावना सकिएको हो ।

भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा बुधबार भएको खेलमा नेपाल बंगलादेशसँग ४–१ गोलले पराजित भयो । नेपाल यसअघिको खेलमा बंगलादेशसँगै ३–० गोलले पराजित भएको थियो ।

आफ्नो पहिलो खेलमा भारतसँग ८–० गोलले पराजित भएको नेपालले दोस्रो खेलमा आयोजक भुटानमाथि २–१ गोलले जित हासिल गरेको थियो ।

बुधबारको खेलमा पहिलो हाफमा २–१ गोलले पछि परेको नेपालले दोस्रो हाफमा थप २ गोल खाएको थियो । बंगलादेशलाई जिताउन सौरभी अखण्ड प्रीतिले ह्याट्रिक गरिन् । अर्को गोल थुनुए मार्माले थपिन् । नेपालका लागि कप्तान भूमिका बुढाथोकीले सान्त्वना गोल गरिन् ।

जितसँगै ४ खेलबाट ९ अंक बनाएको बंगलादेश दोस्रो स्थानमा छ । नेपालले समान खेलबाट ३ अंक बनाएको छ । उपाधि होड कायम राख्न बंगलादेशलाई हराउनै पर्ने खेलमा लज्जास्पद हार खेपेपछि नेपालको सम्भावना सकिएको हो ।

प्रतिस्पर्धामा आयोजक भुटानसहित नेपाल, भारत र बंगलादेशको सहभागिता रहेको छ । हरेक टोलीसँग २–२ खेल खेलेपछि उच्च अंक प्राप्त गर्ने टोली च्याम्पियन बन्नेछ । च्याम्पियनसिपमा नेपालले बाँकी खेल भारतसँग अगस्ट २९ र भुटानसँग ३१ तारिख खेल्नेछ ।

नेपाली टोली

झरना डुम्राकोटी, लक्ष्मी ओली, गंगा गुरुङ, दिक्षा रायमाझी, सम्झना चन्द, अलिजा कुमारी बिक, ज्ञान्शु डोल्मा लो, पूर्णिमा तादी, अनु माझी, मिन माया श्रेष्ठ, अंशु बिक, डिकी स्याङ्बो तामाङ, कृतिशा तामाङ, रबिना बिक, सहारा लिम्बु, बब्टिका कार्की, भूमिका बुढाथोकी, अशिका कार्की, सिर्जना बडुवाल, अस्मिता मगर, यम कुमारी बिक, अनिता राना मगर, दिक्षा रनपाल।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments