Monday, September 15, 2025
spot_img
Homeआर्थिकउद्देश्य पूरा हुने गरी कार्य सम्पादन गर्न कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन

उद्देश्य पूरा हुने गरी कार्य सम्पादन गर्न कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन

सेवासञ्चार
काठमाडौं, ३० साउन

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको बजेटले लिएका उद्देश्य पूरा गर्ने गरी कार्य सम्पादन गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति बैठकमा शुक्रबार अर्थमन्त्री पौडेलले यस पटकको बजेट यथार्थपरक रहेको दाबी गरे । उनले आर्थिक वृद्धि, पूँजीगत खर्च, राजस्व सङ्कलनलगायतका लक्ष्य पूरा गर्न अहिलेदेखि सक्रिय भएर काम गर्न निर्देशन दिए ।

वर्तमानमा देखिएको औसत प्रयासले लक्ष्य पूरा गर्न नसकिने भन्दै पौडेलले कार्यसम्पादन शैली बदल्न जरुरी रहेको बताए । उनले समस्यामा अल्झिने भन्दा पनि समस्या समाधानमा सकारात्मक भूमिका निर्वाह गरी नतिजा प्राप्तिलाई ध्यान दिन आग्रह गरे ।
बैठकमा राष्ट्रिय योजना आयोग उपाध्यक्ष प्राडा. शिवराज अधिकारीले अर्थतन्त्रका सूचक ठीक भए पनि निजी र सार्वजनिक क्षेत्रमा आत्मविश्वास बढाउन जरुरी रहेको बताए । यसैगरी नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा. विश्वनाथ पौडेलले ब्याजदर कम भएका बेला अर्थतन्त्र चलायमान बनाउन निश्चत क्षेत्रमा सरकारले नै प्रयास गर्नुपर्नेमा जोड दिए । अर्थ सचिव घनश्याम उपाध्यायले विगतको लक्ष्य र नतिजा आइसकेका हुनाले आत्मसमीक्षा गरी काममा केन्द्रित हुनुपर्ने बताए ।

राजस्व सचिव दिनेशकुमार घिमिरेले कार्यक्रम कार्यान्वयनमा अहिलेदेखि तदारुकता साथ लाग्दा मात्र लक्ष्य पूरा हुन सक्ने बताए । उनले राजस्व प्रशासनमा अझ बढी सुधारको खाँचो रहेको औँल्याए । अर्थ मन्त्रालय योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख तथा अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले अर्थतन्त्रका सूचक सकारात्मक रहेको जानकारी दिँदै आगामी दिनमा थप समन्वय र सहजीकरणलाई प्राथमिकता दिने बताए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments