सेवासञ्चार
काठमाडौं, ३० साउन
विश्वव्यापी मोबिलिटी तथा अर्वान सर्भिस प्लेटफर्म इनड्राइभले यात्रुहरूका लागि ‘राइड मोर, विन मोर’ अफर योजना ल्याएको छ । यस विशेष रोमाञ्चक अफरअन्तर्गत प्रयोगकर्ताले इनड्राइभ एप प्रयोग गरी राइड बुक गरे आकर्षक पुरस्कार जित्ने सुनौलो अवसर प्राप्त गर्न सक्नेछन् ।
२७ साउनदेखि १४ भदौ (१२ अगस्टदेखि ३० अगस्ट २०२५) सम्म सञ्चालन हुने यो विशेष योजनाले यात्रुका लागि उत्साहजनक पुरस्कार जित्ने असीमित मौकाहरू प्रदान गर्दछ ।
पुरस्कारहरूः
● १० ओटा याडिया ई८एस प्रो इलेक्ट्रिक स्कुटर
● ३० ओटा अल्टिमा वाच सर्कल स्मार्टवाच
● ३ वटा राइड– १ टिकट
(नो लिमिट–जति धेरै राइड त्यति नै धेरै जित्ने मौका र अवसर)
इनड्राइभ नेपालका कन्ट्री रेप्रिजेन्टेटिभ रीता पोखरेलले भनिन्, ‘इनड्राइभमा, हामी सधैं प्रयोगकर्तालाई आफ्नो चालक आफैं छनोट गर्ने र प्रत्येक सवारीका लागि उचित मूल्य निर्धारण गर्ने स्वतन्त्रता प्रदान गर्छौं ।’ ‘हाम्रो प्लेटफर्मको विशेषता नै ‘स्वतन्त्रता, निष्पक्षता र पारदर्शिता’ हो ।’, उनले भनिन् । ‘राइड मोर, विन मोर’ प्रयोगकर्ताले कम्पनीमाथि देखाएको विश्वासका लागि धन्यवाद दिने एक विशेष पहल भएको उनले बताइन् । यो योजना मार्फत नयाँ प्रयोगकर्तालाई पनि यस सेवाबाट प्राप्त हुने स्वतन्त्रताको अनुभव गर्न आमन्त्रण गर्दछ । यस योजनामा जति धेरै राइड, त्यति नै जित्ने मौका र अवसर हुनेछ ।
यो रोमाञ्चक योजना सबै प्रयोगकर्ताका लागि खुला गरिएको छ । सहभागी हुनका लागि योजना अवधिभर इनड्राइभ एप मार्फत आफ्नो राइड बुक गर्नुपर्नेछ । योजना सम्पन्न भएपछि लक्की ड्र मार्फत योजनामा सहभागी भएकामध्येबाट विजेताहरूको नाम २० भदौ (५ सेप्टेम्बर २०२५) इनड्राइभको आधिकारिक फेसबुक, इन्स्टाग्राम र टिकटक पेजहरू मार्फत सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।