Monday, September 15, 2025
spot_img
Homeआर्थिकनबिल बैंकलाई दुई प्रतिष्ठित उपाधि

नबिल बैंकलाई दुई प्रतिष्ठित उपाधि

सेवासञ्चार
काठमाडौं, २५ साउन

नबिल बैंकले एसियन बैंकिङ एन्ड फाइनान्स अवार्डस्, २०२५ का दुई प्रतिष्ठित उपाधि प्राप्त गरेको छ । बैंकले ‘साइबर सेक्युरिटी इनोभेसन अवार्ड नेपाल’ र ‘नेपाल डोमेस्टिक प्रोजेक्ट फाइनान्स बैंक अफ द इयर’ प्राप्त गरेको हो ।
नबिल बैंकले अपनाएको अत्याधुनिक प्रविधि, उत्कृष्ट सेवा र ग्राहक तथा सरोकारवालाप्रति देखाएको प्रतिबद्धताका कारण उक्त अवार्ड प्राप्त गरेको जनाएको छ ।

बैंकले डिजिटल सुरक्षालाई प्राथमिकतामा राख्दै सुरक्षित, भरपर्दो र सहज बैंकिङ अनुभव प्रदान गर्न अपनाएको रणनीतिका कारण ‘साइबर सेक्युरिटी इनोभेसन अवार्ड’ प्राप्त गरेको हो । यसै गरी, मुलुकका महत्वपूर्ण पूर्वाधार तथा विकास आयोजनामा वित्तीय साझेदारी गरेका कारण बैंकले ‘नेपाल डोमेस्टिक प्रोजेक्ट फाइनान्स बैंक अफ द इयर अवार्ड’ प्राप्त गरेको हो ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले भने, ‘यी अवार्ड हाम्रो सम्पूर्ण टिमको निरन्तर परिश्रम र नवप्रवर्तनप्रतिको समर्पणको प्रतिफल हुन् । हामीलाई विश्वास गर्ने हाम्रा ग्राहक, साझेदार र सरोकारवालाप्रति हामी अत्यन्त आभारी छौं ।’ उनले भविष्यमा पनि स्मार्ट र सुरक्षित बैंकिङ सेवामार्फत नेपाली बैंकिङलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments