Monday, September 15, 2025
spot_img
Homeआर्थिक‘नेपाल ग्रे लिस्टबाट बाहिर निस्कने प्रयासमा छ’

‘नेपाल ग्रे लिस्टबाट बाहिर निस्कने प्रयासमा छ’

सेवासञ्चार

काठमाडौं, २१ साउन

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्धारित समयअघि नै नेपाल ग्रे लिस्टबाट बाहिर निस्कने प्रयासमा रहेको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरुले राखेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले यस्तो बताउका हुन् ।

अर्थमन्त्री पौडेलले भने, ‘नेपाल सरकारको संगठित र सघन प्रयासको परिणामस्वरुप निर्धारित समयअगावै नेपाल ग्रे लिस्टबाट बाहिर निस्कनेछ । त्यसका लागि सरकारका तर्फबाट प्रयास भइरहेको छ ।’ उनले मुलुकलाई ग्रे लिस्टबाट बाहिर निकाल्नका लागि सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने ऐन २०८० ले विभिन्न १९ वटा ऐनलाई संशोधन गरेको बताए ।

त्यसै गरी सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण नियमावली २०८१ जारी गरी कार्यान्वयनमा आएको, सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी रणनीति तथा कार्ययोजना (२०८१/०८२–८५/०८६) कार्यान्वयनमा रहेको जानकारी गराए । छिट्टै नै मुलुकलाई ग्रे लिस्टबाट बाहिर ल्याउन र आगामी दिनमा यस्तो सूचीमा पर्न नदिने गरी प्रभावकारी कार्यान्वयनको सुनिश्चितताका लागि निर्देशक समितिले सुधारात्मक क्रियाकलापको विस्तृतीकरण २०८२ स्वीकृत गरी कार्यान्वयनमा आएको, एसिया प्यासिफिक ग्रुपबाट प्राप्त री–रेटिङको रिपोर्टिङ ढाँचामा प्रतिवेदन गरी फाइनान्सियल इन्टेलिजेन्स युनिटमार्फत प्रतिवेदनको प्रबन्ध गरिएको अर्थमन्त्रीको भनाइ छ ।

अर्थमन्त्री पौडेलले सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धमा बहुमूल्य धातु वा वस्तुको कारोबार गर्ने वस्तु व्यवसायी (सूचक संस्था)लाई जारी गरेको निर्देशन २०८२ कार्यान्वयनमा रहेको पनि सदनलाई जानकारी गराए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments