Monday, September 15, 2025
spot_img
HomeUncategorizedबागमतीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु

बागमतीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु

– दाबी पेस गर्न २४ घण्टाको समय
– इन्द्र बानियाँकाे आजै दाबी पेस

सेवासञ्चार
काठमाडौं, साउन १९

बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ । प्रदेश प्रमुखको कार्यालयले नयाँ मुख्यमन्त्री नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको छ । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री नियुक्तिका लागि भोलि (मंगलबार) दिउँसो २ बजेसम्म दाबी पेस गर्न आह्वान गरेका छन् ।

संविधानको धारा ६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरिएको छ ।
मुख्यमन्त्री बहादुरसिंह लामाले हिजो (साउन १८) गतेबाट लागू हुने गरी आज स्वकीय सचिवमार्फत राजिनामा पठाएका थिए ।
उनको राजिनामा पत्र पाएलगत्तै प्रदेश प्रमुख कार्यालयले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेको हो ।

यसै गरी बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेस गरेका छन् । आजै (सोमबार) सत्ता गठबन्धन दल नेकपा एमाले र कांग्रेसको समर्थनमा नेता बानियाँले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

कांग्रेसका ३७ र एमालेका २७ सांसदको समर्थनमा संसदीय दलको पत्रसहित उनले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । प्रदेश प्रमुख कार्यालयले सोमबार एक विज्ञप्ति जारी गर्दै मंगलवार दिउँसो २ बजेसम्म नेपालको संविधानको धारा १६८ को २ बमोजिम सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेसँगै नेता बानियाँले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई मुख्यमन्त्रीमा दाबी गर्दै पत्र बुझाएका हुन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments