काठमाडौँ, साउन ९ गते ।
काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा बसोबास गर्ने नेवार समुदायका बौद्धधर्मावलम्बीले मनाउने गुंला पर्व आज (शुक्रबार)बाट सुरु भएको छ । नेपाल संवत् तिथिअनुसार गुंलाथ्व पारु अर्थात् श्रावण शुक्लपक्ष प्रतिपदादेखि सुरु भई यँलाथ्व पारु अर्थात् भाद्र शुक्लपक्ष प्रतिपदासम्म चल्ने यस पर्वलाई नेवार समुदायका बौद्ध धर्मावलम्बीहरुले अति नै महत्वका साथ मनाउने गर्दछन् । आजबाट एक महिनासम्म बुद्धको उपासना गरी विभिन्न चैत्य तथा बौद्ध बिहार परिक्रमाका साथ नामसंगीति पाठ गरी यो पर्व मनाइन्छ ।
विशेषगरी काठमाडौँका नेवार समुदायले प्रत्येक दिन मौलिक बाजा बजाएर स्वयम्भू महाचैत्यलयायत बौद्ध चैत्यहरुमा परिक्रमा गर्छन् । प्रत्येक दिन बिहान चैत्य तथा गुम्बा परिक्रमा गर्दा पापबाट मुक्ति पाउने विश्वासअनुसार एकमहिना अवधिको पर्व मनाउने गरिएको पाइन्छ । यस अवधिमा धा बाजा, म्वायेली, नेकूलगायतका बाजाकाे विशेष महत्व रहेको पाइन्छ ।
बौद्धधर्मावलम्बीकाे गुंला पर्व सुरु
RELATED ARTICLES