सेवासञ्चार
साउन २, काठमाडौं ।
महान्यायाधिवक्ताको कार्यालयले नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेको छ । महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले आलमपक्षको फैसलाविरुद्ध पुनरावेदनमा गएको बताए ।
तल्लो अदालतको फैसलामा एक तह माथिको अदालतबाट फेरबदल भएमा महान्यायाधिवक्ता कार्यालयले आफ्नो मागदाबी लिई सर्वोच्च अदालतमा जान सक्ने व्यवस्था छ । आलमविरुद्धको फैसलाका क्रममा गम्भीर विचलन देखापरेको, प्रमाणको मूल्याङ्कन नगरी फैसला भएको भनी चौतर्फी प्रश्न उठेको हुँदा महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालतमा गएको दाहालले बताए ।
- फैसलाका क्रममा गम्भीर विचलन देखापरेको,
- प्रमाणको मूल्याङ्कन नगरी फैसला भएको भनी चौतर्फी प्रश्न उठेको
उच्च अदालतबाट सफाइ पाएका मोहम्मद आफताब आलमलगायत सबै आरोपितलाई दोषी ठहर गर्नुपर्ने र जिल्ला अदालतबाट सफाइ पाएकालाई पनि दोषी ठहर गर्नुपर्ने एकमुष्ट मागदाबी लिई महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा पुनरावेदन दिएको हो ।
गत १४ जेठमा उच्च अदालत वीरगन्ज इजलासका न्यायाधीशहरू डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले ज्यानमुद्दाका आरोपितहरु मोहम्मद आफताब आलमलगायतलाई आरोपबाट सफाइ दिने फैसला गरेको थियो ।