काठमाडौँ । नेपाललाई युरोपली संघले कोरोना भाइरस कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराएको छ । नेपालका लागि युरोपेली राजदूत नोना डेप्रेजन्युले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेललाई १५ लाख मात्रा खोप हस्तान्तरण गरेका हुन् ।
कोभ्याक्स सुविधा अन्तर्गत नेपालले कोरोनाविरुद्धको फाइजर खोप अष्ट्रिया, चेक रिपब्लिक, फ्रान्स, ग्रिस, इटालीले १५ लाख मात्रा खोप नेपाललाई हस्तान्तरण गरिएको हो ।