काठमाडौँ, पुस२९ ।
सोमबार अन्तर्राष्ट्रिय बजारमा बढेको सुनको मूल्यका कारण नेपाली बजारमा एकै दिन ४ हजार १सय रुपैयाँ वृद्धि भएको छ। वृद्धि भएको सुन प्रतितोला २ लाख ७४ हजार ७ सयमा कारोबार भएको छ। साथै चाँदी प्रतितोला ५ हजार १ सय ९५ रुपैयाँ पुगेको छ। पछिल्लो समयमा सुन ,चाँदीको मूल्य वृद्धि हुने क्रम रोकिएको छैन ।



