Wednesday, February 4, 2026
spot_img
Homeअन्तरास्ट्रियभेनेजुएलाको तेल उत्पादनमा ट्रम्पको यात्रा

भेनेजुएलाको तेल उत्पादनमा ट्रम्पको यात्रा

एजेन्सी।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको लागि तेल उद्योगमा कम्तिमा १०० अर्ब डलर लगानीका लागि अनुरोध गरेका छन्, तर ह्वाइट हाउसका एक कार्यकारीले हाल “लगानी गर्न नसकिने” बताएपछि ट्रम्पको यो लगानी प्रस्तावबारे अन्योल देखिएको छ।
ह्वाइट हाउसको बैठकमा उपस्थित ठूला अमेरिकी तेल कम्पनीहरूका प्रमुखहरूले विशाल ऊर्जा भण्डारमा बसेको भेनेजुएला एक आकर्षक अवसर भएको कुरा भने स्वीकार गरेका छन्। उनीहरूले यस क्षेत्रमा  लगानीका लागि केही महत्वपूर्ण परिवर्तन आवश्यक भएको बताएका छन्।
जनवरी ३ मा अमेरिकी सेनाले दक्षिण अमेरिकी राष्ट्रको राजधानीमा छापा मारेर नेता निकोलस मादुरोलाई पक्राउ गरेपछि ट्रम्पले दक्षिण अमेरिकी राष्ट्रको तेल निकाल्ने बताएका छन्। यसबाट संयुक्त राज्य अमेरिकाले पाउने ऊर्जाको मूल्य अझ कम हुनेछ,ट्रम्पले ह्वाइट हाउसमा भएको बैठकमा बताए। तर तेल लगानीकर्ताहरूले लगानीको सुनिश्चितता हुनुपर्नेमा जोड दिए।
एक सय वर्षभन्दा पहिले भेनेजुएला क्षेत्रमा तेल पत्ता लागेदेखि नै अन्तर्राष्ट्रिय तेल कम्पनीहरूसँगको समबन्ध जटिल बन्दै आएको बताइन्छ। ह्वाइट हाउसको बैठकमा स्पेनको रेप्सोल र इटालीको एनी लगायत अन्य देशका सीमित कम्पनीका लगानीकर्ता सहभागी थिए।तर ट्रम्पले कसलाई सञ्चालन गर्न अनुमति दिने भन्ने निर्णय उनको प्रशासनले गर्ने बताइएको छ।
शुक्रबार, ट्रम्पले एक कार्यकारी आदेशमा हस्ताक्षर गरे। जसले भेनेजुएलाको तेल अमेरिकाले सङ्कलन गर्न सनेछ।तर
ट्रम्पको भेनेजुएला आक्रमणले अराजकता सिर्जना गरेको छ । त्यो चीनको लागि पनि जोखिम देखिएको छ।
हाल प्रति दिन लगभग ४५,००० ब्यारेल तेल उत्पादन गर्ने क्षमता छ।यो उत्पादन तीन गुणा बढाउन सकिने छ।अमेरिकाको यो कदमले विश्वमा विरोध बढेको छ।तर यी विरोधहरुलाई उनले वास्ता गरेका छैनन्।कतिपय अमेरिकी पनि उनको यो कदमको विरोधमा रहेको विभिन्न समाचार एजेन्सीले उल्लेख गरेका छन्।एजेन्सीहरुको सहयोगमा।
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments