Monday, September 15, 2025
spot_img
Homeराष्ट्रियजेन–जी प्रदर्शनमा ज्यान गुमाएकाको २७ शव परिवारले बुझे

जेन–जी प्रदर्शनमा ज्यान गुमाएकाको २७ शव परिवारले बुझे


– सामूहिक अन्त्येष्टि गरिँदै

सेवासञ्चार
काठमाडौं, ३० भाद्र

जेन–जी प्रदर्शनको क्रममा ज्यान गुमाएकाको ३० शव पोस्टमार्टम भइसकेको छ । तीमध्येको २७ शव परिवारले बुझेका छन् । २३ र २४ भदौको प्रदर्शनका क्रममा मृत्यु भएका ४६ शवको पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्जको फोरेन्सिक विभागमा राखिएको थियो ।

फोरेन्सिक विभाग प्रमुख डा. गोपाल चौधरीका अनुसार अब १६ वटा शवको पोस्टमार्टम गर्न बाँकी छ । प्रहरीको तथ्यांकअनुसार प्रदर्शनको क्रममा देशभर ७२ जनाको मृत्यु भइसकेको छ ।

पोस्टमार्टम गर्न बाँकीमध्ये ७ वटा शव पूर्णरूपमा जलेको पाइएको छ । ती शव चिन्न नसक्ने अवस्थामा रहेको हुँदा डीएनए परीक्षण गर्नुपर्ने चिकित्सकको भनाइ छ ।

यसैगरी परिवारले बुझेका २७ शवको सामूहिक अन्त्येष्टि गरिने भएको छ । सोमबार आफन्तले बुझेका २७ शवको सामूहिक यात्रा गरी पशुपतिमा राष्ट्रिय सम्मान दिएर सामूहिक अन्त्येष्टि गर्न लागिएको हामी नेपालले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments