काठमाडौँ, पुष २९।
फागुन २१ गतेको निर्वाचनका निम्ति निर्वाचन आयोगले तीव्रताका साथ काम गरिरहेको छ। यसैबीच समानुपातिक उम्मेदवारीका बन्दसूचीमा नाम समावेश गरेका १७ दलका ८५ जना उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन्। बन्द सूचीमा ६४ दलका ५८ वटा चुनाव चिन्हबाट प्रतिस्पर्धा गर्ने दल समावेश छन्।
सूचीमा ३ हजार ४ सय २४ जना उमेद्वारको नाम समावेश छ। यसबाट नाम फिर्ता लिएका दलले क्लस्टर मिलाएर पुन नाम सिफारिस गर्न सक्नेछन्। माघ २० गते समानुपातिक उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ। यसबीचमा दलहरुले दाबी, विरोध र उजुरी गर्न सक्नेछन्।



