सेवासञ्चार
काठमाडौं, ३० भाद्र
नवनियुक्त महान्यायाधिवक्ता सविता भण्डारीले सोमबार पदभार ग्रहण गरेकी छिन् । नवनियुक्त महान्यायाधिवक्ता भण्डारीले प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसमक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेलगतै पदभार ग्रहण गरेकी हुन् ।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गरेका थिए । भण्डारी नेपालको पहिलो महिला महान्यायाधिवक्ता भएकी छिन् ।