Monday, September 15, 2025
spot_img
Homeराष्ट्रियतीन मन्त्रीले लिए शपथ

तीन मन्त्रीले लिए शपथ

सेवासञ्चार
काठमाडौं, ३० भाद्र

नवनियुक्त तीन मन्त्रीहरुले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरुले प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

आज शपथ ग्रहण गर्ने मन्त्रीहरुमा अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, भौतिक योजना र सहरी विकासमन्त्री कुलमान घिसिङ र गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्याल रहेका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले हिजो आइतबार तीन जनालाई मन्त्री पदमा नियुक्त गरेका थिए । यससँगै मन्त्रिपरिषद्को संख्या चार पुगेको छ । गत शुक्रबार राष्ट्रपतिले सुशीला कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए र उनले सोही दिन पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी थिइन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments