सेवासञ्चार
काठमाडौं, २९ भाद्र
सुशीला कार्कीले अन्तरिम सरकारको प्रधानमन्त्रीका रुपमा पदभार ग्रहण गरेकी छन् । शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी उनले आज (आइतबार) बिहान सिंहदरबारमा पदभार ग्रहण गरेकी हुन् ।
त्यसअघि उनले आजै बिहान लैनचौरस्थित शहीद स्मारक पुगेर शहीदहरुप्रति सम्मान व्यक्त गर्दै माल्यार्पण गरेकी थिइन् ।
पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई जेनजी समर्थकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार अन्तरिम सरकारको नेतृत्व गर्ने जिम्मेवारीसहित प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए । उनलाई राष्ट्रपतिले शुक्रबार नै पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।