Monday, September 15, 2025
spot_img
Homeराजनीतिसरकारको निर्णय : जेनजी आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा

सरकारको निर्णय : जेनजी आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा

– शहीद परिवारलाई १० लाख दिने

सेवासञ्चार
काठमाडौं, २९ भाद्र

सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएकालाई शहीद घोषणा गरेको छ । साथै घाइतेको निःशुल्क उपचार र मृत्यु भएकाको परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको मुख्यसचिव एकनारायण अर्यालले जानकारी दिए ।

उनका अनुसार नयाँ सरकारलाई सरकारी सेवा प्रवाह चुनौतीका रूपमा रहेको छ । ‘अधिकांश सरकारी कार्यालयहरू भग्नावशेषको अवस्था छन्‌’, मुख्यसचिव अर्यालले भने, ‘बजेट र प्राथमिकताका आधारमा पुनर्निर्माणको आवश्यकता छ । मन्त्रालय, अदालत, सीडीओ कार्यालयहरू तोडफोड र आगजनी भएका छन् ।’

उनले सुरक्षित रहेका कार्यालयबाट सेवा प्रवाह गर्नुपर्ने भन्दै त्यसका लागि कार्ययोजना बनाएर अघि बढ्नुपर्ने अवस्था रहेको बताए । त्यस्तै उनले सुरक्षा र कर्मचारीको मनोबल उच्च बनाएर काम गर्नुपर्ने अहिलेको आवश्यकता रहेकोमा जोड दिएका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments