Monday, September 15, 2025
spot_img
Homeराष्ट्रियजेनजीको प्रदर्शन, सुन्ला त सरकार ?

जेनजीको प्रदर्शन, सुन्ला त सरकार ?

सेवासञ्चार
काठमाडौं, २३ भाद्र

‘हामीलाई बोल्न दे सरकार’ भन्दै जेनजी (सन् १९९७ देखि सन् २०१२ भित्र जन्मिएका) पुस्ताले आज काठमाडौंलगायतका विभिन्न सहरमा प्रदर्शन गरेका छन् । सरकारले भ्रष्टाचार बन्द गर्न नसकेको तर सामाजिक सञ्जाल बन्द गरेर जनताको सुसूचित हुने अधिकार खोसेको भन्दै उनीहरू सडक प्रदर्शनमा आएका हुन् ।

प्रदर्शनमा सर्वसाधारणदेखि कलेजकै पोशाक र परिचय पत्रसहित विद्यार्थीहरू पनि उपस्थित छन् । प्रदर्शनको राष्ट्रियस्तरका नेता, कलाकार, उद्योगी, शिक्षासेवीलगायतको समर्थन देखिन्छ । तर, यति धेरै तह र तप्काका व्यक्ति अनि सिँगै युवापुस्ताका विरोधलाई सरकारले कुन रुपमा लेला त्यो भने भविष्यले बताउला ।

सामाजिक सञ्जाल बन्द र भ्रष्टाचार बढेकाले आफू प्रदर्शनमा आएको प्रदर्शनमा आएका युवाको भनाइ छ । जनताले तिरेको करको दुरुपयोग भइरहेकाले सरकारको गतिविधिप्रति खबरदारी गर्न आफूहरु प्रदर्शनमा आएको उनीहरुको तर्क छ ।

देशमा रोजगारीको वातावरण सिर्जना हुनुपर्ने, सुशासन कायम हुनुपर्नेलगायत माग उनीहरूको छ । ‘गाउँ–गाउँबाट उठ, बस्ती बस्तीबाट उठ, यो देशको मुहार फेर्नलाई उठ’लगायतका राष्ट्रिय भावनाले भरिएका युवा जोसलाई उजागर गर्ने गीतसमेत उनीहरुले गाएका छन् भने प्रदर्शनमा उपस्थित उनीहरूले ‘सामाजिक सञ्जाल बन्द, भ्रष्टाचार खुला’, ’हामीलाई बोल्न दे सरकार’ जस्ता विभिन्न नारा लेखिएका प्लाकार्ड बोकेका छन् ।

प्रदर्शनपछि कोणसभा र भाषणको कार्यक्रम नगर्ने उनीहरूको भनाइ छ । उनीहरुले आफूहरूको प्रदर्शन शान्तिपूर्ण हुने बताएका छन् । साथै राजनीतिक दलका नेताहरूलाई प्रदर्शनमा नआउन समेत भनेका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments