सेवासञ्चार
काठमाडौं, २३ भाद्र
‘हामीलाई बोल्न दे सरकार’ भन्दै जेनजी (सन् १९९७ देखि सन् २०१२ भित्र जन्मिएका) पुस्ताले आज गरेको प्रदर्शन रोक्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यु आदेश जारी गरेको छ । प्रदर्शनकारीले निषेधित क्षेत्र तोडी वानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रभित्र प्रवेश गरेपछि कर्फ्यु आदेश जारी गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले भर्खरै जारी गरेको सूचनाअनुसार नयाँबानेश्वर क्षेत्रका साथै शीतल निवास (राष्ट्रपति कार्यालय) क्षेत्र, हरित गृह (उपराष्ट्रपतिको कार्यालय) लैनचौर, नारायणहिटी दरबार क्षेत्र, सिंहदरबार क्षेत्रमा दिनको १ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको छ ।
माइतीघर मण्डलाबाट निस्किएको प्रदर्शनकारीको जुलुस बिजुली बजार हुँदै नयाँबानेश्वर पुगेको थियो ।