Monday, September 15, 2025
spot_img
Homeटेक्नोलोजीहाम्रो पात्रो तथा फेसबुक, इन्स्टाग्राम दर्ताका लागि तयार

हाम्रो पात्रो तथा फेसबुक, इन्स्टाग्राम दर्ताका लागि तयार

सेवासञ्चार
काठमाडौं, २० भाद्र

सरकारले बिहीबार दर्ता कायम नभएका फेसबुकलगायतका २६ सामाजिक सञ्जालमा प्रतिबिन्ध लगाएपछि हाम्रो पात्रो र पमेटाकम्पनीले दर्ताका लागि चासो देखाएर नियमानुसार चलाउन तयार देखिएका छन् । फेसबुक, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनी मेटाले नेपाल सरकारसँग दर्ताका लागि आवश्यक कागजातको विवरण मागेको छ भने हाम्रो पात्रोले सूचीकरणका लागि आवेदन दिइसकेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार मेटाका प्रतिनिधिले मन्त्रीका विज्ञ सल्लाहकारलाई इमेल गरेर जानकारी मागेका थिए । मन्त्रालयले केही मिनेटमै आवश्यक कागजात विवरणसहित जवाफ पठाएको जनाएको छ ।

यसअघि सरकारले सूचीकरण नभएका सामाजिक सञ्जालहरू क्रमशः बन्द गर्ने निर्णय गरिसकेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले २६ वटा सामाजिक सञ्जाल निष्क्रिय गर्न इन्टरनेट सेवा प्रदायकहरूलाई पत्राचार गरिसकेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments