Monday, September 15, 2025
spot_img
Homeसमाजइन्द्रजात्रा सुरु

इन्द्रजात्रा सुरु

सेवासञ्चार
काठमाडौं, १९ भाद्र

हनुमानढोकामा इन्द्रजात्राको लिङ्गो ठड्याई (इन्द्र ध्वजोत्थान) विधिवत् रुपमा इन्द्रजात्रा पर्व सुरु भएको छ । वर्षा र सहकालका देवता इन्द्रको पूजा आराधना गरी हरेक वर्षको भाद्र शुक्ल चतुर्दशीमा इन्द्रजात्रा मनाइन्छ ।

यो काठमाडौंमा मनाइने सबैभन्दा ठूलो, रमाइलो तथा महत्वपूर्ण जात्रा हो । आज (बिहीबार) अर्थात् भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकामा बिहान १० बजेर ३१ मिनेटको साइतमा इन्द्र ध्वजोत्थान गरी इन्द्रजात्राको सुरुवात गरिएको हो ।

आज लिङ्गो ठड्याएपछि इन्द्रजात्रा सुरु भएको मानिन्छ । स्वर्गका राजा इन्द्रलाई आवाहन गरी वर्षाको समापन गरिदिन आग्रह गर्ने परम्पराका रुपमा इन्द्रजात्रालाई लिइन्छ ।

काठमाडौंमा मनाइने विविध जात्रामध्येको सबैभन्दा ठूलो, रमाइलो र महत्वपूर्ण जात्राको रूपमा इन्द्रजात्रालाई लिने गरिन्छ । इन्द्रजात्रालाई नेपाल भाषामा ‘यें यास्‌’ भनिन्छ । यें भनेको कान्तिपुर नगर र यास् भनेको मुख्य जात्रा हो ।

यो जात्रा उपत्यकाका विभिन्न सहर  कान्तिपुर, पाटन, भक्तपुर, थिमि, टोखा, हरिसिद्धिको साथै उपत्यकाबाहिर बनेपा, दोलखालगायतका सहरका नेवार समुदायले मनाउने पर्व हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments