Monday, September 15, 2025
spot_img
Homeआर्थिकसुन पुनः उच्च मूल्यमा

सुन पुनः उच्च मूल्यमा

– चाँदी पनि महँगियो

सेवासञ्चार
काठमाडौं, १२ भाद्र

स्थानीय बजारमा सुनको मूल्य थप बढेको छ । अघिल्लो दिनको तुलनामा आज बिहीबार सुन प्रतितोला चार सय रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार बिहीबार सुन प्रतितोला एक लाख ९९ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला एक लाख ९९ हजार रूपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य ऐतिहासिक उच्चस्तर नजिक पुगेको हो । यसअघि साउन २३ गते पनि प्रतितोला एक लाख ९९ हजार चार सय रुपैयाँमै कारोबार भएको थियो ।

त्यस्तै, बिहीबार चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेको छ । महासंघका अनुसार बुधबार प्रतितोला २ हजार ३४५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार २ हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments