Monday, September 15, 2025
spot_img
Homeआर्थिकभदौ २३ गतेदेखि २ कम्पनीका हकप्रद शेयर निष्काशन हुँदै

भदौ २३ गतेदेखि २ कम्पनीका हकप्रद शेयर निष्काशन हुँदै

सेवासञ्चार
काठमाडौं, ५ भाद्र

रिभर फल्स पावर लिमिटेड र सिटी होटलले भदौ २३ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएका छन् । रिभर फल्स पावर लिमिटेडले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो भने सिटी होटलले हाल कायम चुक्ता पूँजीको ८० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

अर्थात् रिभर फल्स कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको छ । यसअनुसार कम्पनीले ७० करोड रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ७० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।

त्यस्तै सिटी होटलले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ८ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको छ । यसअनुसार कम्पनीले १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments