Monday, September 15, 2025
spot_img
Homeआर्थिकस्वस्तिक लघुवित्तको आईपीओ भर्ने आजदेखि

स्वस्तिक लघुवित्तको आईपीओ भर्ने आजदेखि

सेवासञ्चार
काठमाडौं, ३० साउन

स्वस्तिक लघुवित्तले सर्वसाधारणका लागि १ लाख ९५ हजार १९५ कित्ता आईपीओ खुला गरेको छ । आवेदन भदौ ३ गतेसम्म दिन सकिनेछ ।

आईपीओमा न्यूनतम १० र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ । आवेदन अनलाइन प्रणाली मेरो सेयर तथा आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीको बिक्री प्रबन्धक नबिल इनभेस्टमेन्ट बैंकिङ रहेको छ ।

कम्पनीको प्रतिसेयर नेटवर्थ १९१ रुपैयाँ ४० पैसा र आम्दानी ७ रुपैयाँ ३३ पैसा छ भने इक्रा नेपालले ‘बी रेटिङ’ दिएको छ । कम्पनी ३ करोड १६ लाख सञ्चित नाफामा छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments