सेवासञ्चार
काठमाडौं, २५ साउन
काठमाडौंको वसन्तपुरमा आज (आइतबार) बिहानैदेखि मौलिक बाजागाजासहित गाईजात्रा प्रदर्शन गरिएको छ ।
तात्कालीन कान्तिपुरका राजा प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद (राजदरबार) भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि कायमै छ ।
एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने प्रचलनअनुसार गाईजात्रा प्रदर्शन गरिएको हो । प्रदर्शमा सहभागीलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने चलन छ ।
तस्वीरमा हेर्नुहोस् :
तस्बीर : कृतिना ढकाल/काठमाडौं