Monday, September 15, 2025
spot_img
HomeUncategorizedकक्षा १२ को नतिजा सार्वजनिक

कक्षा १२ को नतिजा सार्वजनिक

सेवासञ्चार
काठमाडौं, १९ साउन

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२को नतिजा सार्वजनिक गरेको छ । सोमबार साँझ बसेको परीक्षा बोर्डको बैठकपछि नतिजा सार्वजनिक गरिएको हो ।

नतिजा सार्वजनिक गर्नुअघि आइतबार बोर्डले नतिजाको डेमो प्रदर्शन गरेको थियो । बोर्डको क्यालेन्डरअनुसार साउन १५ गतेभित्र नतिजा सार्वजनिक गर्नुपर्ने हो । तर, गत चैत्र २० गतेदेखि २९ दिन लामो शिक्षकहरूको आन्दोलनलेे परीक्षा तालिका प्रभावित भएका कारणा नतिजा सार्वजनिकमा पनि ढिलाइ भएको बोर्डले जनाएको छ ।

गत वैशाख ११ गतेदेखिका लागि तय भएको परीक्षा आन्दोलनका कारण वैशाख २१ गतेदेखि सञ्चालन भएको थियो । परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए ।

बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार परीक्षामा सहभागीमध्ये ६१ दशमलव १७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

उहाँकाअनुसार गत वर्ष कक्षा १२ को परीक्षामा नियमिततर्फ तीन लाख ९६ हजार ३४७ परीक्षार्थी सहभागी भएका थिए । यसैगरी, आंशिकतर्फ एक लाख १४ हजार ६४० गरी र कूल जम्मा पाँच लाख दश हजार ९८७ परीक्षार्थी सहभागी भएको उहाँको भनाइ छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments