Monday, September 15, 2025
spot_img
Homeराष्ट्रियलगातार वर्षाको सम्भावना : सावधानी अपनाउन आग्रह

लगातार वर्षाको सम्भावना : सावधानी अपनाउन आग्रह

सेवासञ्चार
काठमाडौं, साउन १८

देशभर मनसुनी वायुको प्रभाव रहेसँगै देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ अवस्थित छ । यसले केही दिन वर्षा हुने देखाउँछ । यससँगै जलसतह बढ्ने भन्दै जल तथा मौसम विज्ञान विभागले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

रुकुमपश्चिमको ठूलो भेरी, रिम्ना जलमापन केन्द्रको जलसतह सतर्कता आसपास रहेको र बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा रहेकाले आइतबार बिहानभर सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

काठमाडौं उपत्यकास्थित भक्तपुरको हनुमन्ते खोला कौशलटार जलमापन केन्द्रको जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा छ । नदी तटीय क्षेत्रमा रहेका र नदी किनार भई यात्रा गर्नेहरूले आइतबार बिहानभर सावधानी अपनाउनु जरुरी छ ।

यस्तै, म्याग्दी जिल्लास्थित म्याग्दी खोला, मंगलाघाट जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गर्ने क्रममा रहेकाले नदी तटीय क्षेत्र, कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सावधानी अपनाउन विभागले मध्यरातमा सूचना जारी गर्दै आम जानकारी गराएको छ ।

लगातार ठूलो वर्षा भएपछि उदयपुरमा जलसतह पनि उल्लेख्य मात्रामा बढेको छ । त्रियुगा गाईघाट जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको छ ।

यस्तो छ मौसम पूर्वानुमान महाशाखाको विज्ञप्ति –

आगामी २४ घण्टाको पूर्वानुमान

२०८२ श्रावण १८ गते (आइतबार) बिहान ०६:०० बजे

आज दिउँसो

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। सबै प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र मधेश प्रदेशका थोरै साथै बागमती,गण्डकी,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

 

 

आज राती

आज राती देशभर साधारणतया बदली रहनेछ । मधेश प्रदेशलगायत कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका तराईका धेरै स्थानहरूमा तथा बाँकी भू–भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments