Monday, September 15, 2025
spot_img
Homeराष्ट्रियमुख्यमन्त्री लामाको राजीनामा

मुख्यमन्त्री लामाको राजीनामा

सेवासञ्चार,
काठमाडौं, १८ साउन

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले राजीनामा दिएका छन् । २०८१ साउनमा मुख्यमन्त्रीको सपथ लिएका बहादुर सिंहले एक वर्ष ९ दिन सरकारको नेतृत्व गरेर आज आइतबार पदबाट राजीनामा दिएका हुन् ।

उनी बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका तर्फबाट पहिलो हुन् भने जनजाति समुदायका तर्फबाट नेतृत्व गर्ने पनि उनी पहिलो नै हुन् । लामाले पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार आफूले राजीनामा दिएको बताए ।

मुख्यमन्त्री लामाले साँझ ६ बजे मुख्यमन्त्री तथा मन्त्रपरिषद् कार्यालय परिसरस्थित प्रदेश सुशासन हलमा पत्रकार सम्मेलन गर्दै आफ्नो कार्यकालमा भएका प्रगति विवरण सुनाएका थिए । उनले आफूले इमानदरीतापूर्वक काम गरेको बताउँदै आफ्नै दलभित्रको प्रपञ्चबाट सरकार छोड्नुपरेको गुनासो गरे । यस्तो घटनाक्रमबाट नभाग्ने पनि लामाको भनाइ थियो । यस घटनाक्रमले लोकतन्त्र र गणतन्त्रमाथि खतराको संकेत गरेको आरोप मुख्यमन्त्री लामाको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments