Monday, September 15, 2025
spot_img
HomeUncategorizedमाथिल्लो सेती जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न

माथिल्लो सेती जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न

– कुमारी बैंकको अगुवाइ
– ४१ अर्ब ६० करोडको लगानी

सेवासञ्चार
काठमाडौं, साउन १८

सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लामा निर्माण हुने २१६ मेगावाट क्षमताको माथिल्लो सेती जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ ।

बझाङको साइपाल गाउँपालिका वडा नं. ४ र ५ मा निर्माण हुने उक्त आयोजनाका लागि कुमारी बैंकको नेतृत्व रहनेछ । त्यस्तै एनएमबी बैंक लिमिटेडको सहनेतृत्वमा माछापुच्छ्रे बैंक, हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी, लक्ष्मी सनराइज बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, प्रभु बैंक, नेपाल एसबीआई बैंक, एनआईसी एशिया बैंक, कृषि विकास बैंक, लुम्बिनी विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, कामना सेवा विकास बैंक र आईसीएफसी फाइनान्ससहितको सहवित्तीय व्यवस्थापन औपचारिक रूपमा शुक्रबार सम्पन्न भएको हो ।

कुमारी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल र प्रवर्द्धक कम्पनी समृद्धि इनर्जी लिमिटेडका तर्फबाट अध्यक्ष शैलेन्द्र गुरागाईंले हस्ताक्षर गरेका

काठमाडौंमा आयोजित एक विशेष समारोहबीच कुमारी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल र प्रवर्द्धक कम्पनी समृद्धि इनर्जी लिमिटेडका तर्फबाट अध्यक्ष शैलेन्द्र गुरागाईंले हस्ताक्षर गरेका छन् ।

४१ अर्ब ६० करोड लागतमा निर्माण हुन लागेको जलविद्युत् आयोजनालाई ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजीको अनुपातमा अघि बढाइने योजना तय गरिएको छ । नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पीपीए) २०८० साल साउन १० गते भएको थियो भने २०८१ वैशाख ३१ गते विद्युत् उत्पादन अनुमति पाएको थियो । आयोजना पाँच वर्षभित्र बनाइसक्ने र २०८८ असार ३१ गतेभित्र व्यावसायिक उत्पादन सुरू गर्ने लक्ष्य राखिएको छ ।

यो आयोजनाबाट स्थानीय पूर्वाधार विस्तार, रोजगारी सिर्जना, ऊर्जा आत्मनिर्भरता र सुदूरपश्चिम प्रदेशको समग्र आर्थिक विकासमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments