Monday, September 15, 2025
spot_img
Homeराष्ट्रियसवारी लाइसेन्सको मान्य अवधि अब १० वर्ष

सवारी लाइसेन्सको मान्य अवधि अब १० वर्ष

सेवासञ्चार
काठमाडौं, १६ साउन

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को मान्य अवधि १० वर्ष पुगेको छ । सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक राजपत्रमा प्रकाशित गरेसँगै यो व्यवस्था कार्यान्वयनमा आउने भएको हो ।

नयाँ व्यवस्थाअनुसार सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा रहेको लाइसेन्सको मान्य अवधि ५ वर्षबाट बढाएर १० वर्ष कायम गरिएको हो । ऐनको दफा ५४ को उपदफा ३ मा लाइसेन्स बहाल हुने अवधिबारे उल्लेख छ ।

संशोधित व्यवस्थाअनुसार यस्तो अवधि अब १० वर्ष बहाल हुने भएको छ । लाइसेन्स नवीकरणबाट मान्य हुने अवधिसमेत अब १० वर्ष पुर्‍याइएको छ ।
यसअघि नवीकरण हुँदा मान्य हुने अवधि ५ वर्ष थियो । नयाँ व्यवस्थाअनुसार सवारी जाँचपास तथा प्रदूषण परीक्षण केन्द्रमा निजी क्षेत्रलाई समेत अनुमति दिने बेहोरा उल्लेख गरिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments