Monday, September 15, 2025
spot_img
Homeआर्थिकनेशनल लाइफको ‘गाला कन्सर्ट’

नेशनल लाइफको ‘गाला कन्सर्ट’


काठमाडौं, साउन १२

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ‘गाला कन्सर्ट’ भव्य रुपमा सम्पन्न गरेको छ । कम्पनीले गत जेठ महिनामा जारी गरेको मासिक योजनाअनुरुप उत्कृष्ट कार्य गरी तोकिएको लक्ष्य पूरा गर्न सफल अभिकर्ताका लागि कन्सर्ट आयोजना गरेको हो । कन्सर्ट भैरहवाको होटल सिद्धार्थ भिलासामा आइतबार सम्पन्न भएको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले उद्घाटन गरेको कार्यक्रममा विभागीय प्रमुखहरु र विभिन्न शाखाका शाखा प्रमुखहरु गरी करिब ३ सय ५० जनाको उपस्थिति रहेको कम्पनीले जानकारी गराएको छ । कार्यक्रममा आमन्त्रित अभिकर्तालाई स्ट्रेस म्यानेजमेन्टसम्बन्धी प्रशिक्षणसमेत प्रदान गरिएको थियो ।

मनोरञ्जनात्मक एवम् साङ्गीतिक प्रस्तुतिले भरिपूर्ण गाला कन्सर्टमा स्ट्यान्ड अप कमेडियन सुमन कोइरालाको कमेडी प्रस्तुतिसहित नेपालका चर्चित कलाकारहरु प्रकाश सपुत, समीक्षा अधिकारी, बावुल गिरी र भोजपुरी गायक सोनुकुमार मण्डलको बेजोड साङ्गीतिक प्रस्तुति रहेको थियो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृतले अभिकर्ताका माग तथा चाहनालाई दृष्टिगत गरी गत साल भव्य रुपमा सफल भएको गाला कर्न्सटलाइ निरन्तरता दिएको र यस योजनामा देशैभरिका अभिकर्ताको उत्साहजनक उपस्थितिले भव्य रुपमा सम्पन्न भएको पनि बताए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments