Monday, September 15, 2025
spot_img
Homeराष्ट्रियज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई ग्लोबल हिरो अवार्ड प्रदान

ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई ग्लोबल हिरो अवार्ड प्रदान

सेवासञ्चार संवाददाता
काठमाडौं, साउन १२

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक तथा चर्चित युवा नेता ज्ञानेन्द्र शाहीलाई अमेरिकाको न्युयोर्कमा आयोजित एक भव्य समारोहमा ग्लोबल हिरो अवार्डबाट सम्मान गरिएको छ । यो पुरस्कार राष्ट्र निर्माण र जनसेवामा उल्लेखनीय योगदान पुर्‍याउने नेपाली व्यक्तित्वलाई दिइने अत्यन्त सम्मानित अवार्ड हो ।

शाहीले यो अवार्ड कर्णाली र जुम्ली जनताको विश्वास र समर्थनको प्रतीक भएको बताउँदै आफ्नो सफलतालाई सम्पूर्ण देश–विदेशमा रहेका नेपालीहरूको भरोसासँग जोडेका छन् । उनले भनेका छन्, ‘यो अवार्ड मेरो व्यक्तिगत सफलताको भन्दा पनि कर्णाली र जुम्ली क्षेत्रका जनताको विश्वास र आशाको सम्मान हो । यो सम्मानले अझै जिम्मेवार र समर्पित भएर जनताको सेवा गर्न प्रेरणा दिएको छ ।’

सामाजिक र राजनीतिक क्षेत्रमा शाहीले युवाहरू माझ आफ्नो प्रभावशाली भूमिका कायम गर्दै आएका छन् । उनको सक्रियता कर्णाली प्रदेश र जुम्ली जिल्लाको विकासमा विशेष रुपमा देखिएको छ ।

ग्लोबल नेपाली सोसाइटीले प्रत्येक वर्ष राष्ट्र निर्माणमा विशिष्ट योगदान दिने नेपालीहरूलाई यो अवार्ड प्रदान गर्दै आएको छ । यस वर्षको समारोहमा नेपाललगायत विश्वभरिका विभिन्न क्षेत्रका नेपाली समुदायका सम्मानित व्यक्तिहरु सहभागी थिए ।

साथै सोही कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई पनि ग्लोबल हिरो अवार्ड प्रदान गरिएको छ । घिसिङलाई नेपालमा लोडसेडिङ अन्त्य गर्ने र विद्युत् आपूर्ति सुधारमा उल्लेखनीय कार्य गरेबापत सम्मान गरिएको छ । उनले नेपाल विद्युत् प्राधिकरणलाई प्रभावकारी बनाउँदै जनतालाई २४ घण्टा विद्युत् सेवा उपलब्ध गराएका थिए ।

यस समारोहमा महिला स्वास्थ्य र सशक्तीकरणका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएबापत अभियन्ता डा. लक्ष्मी प्रधान, प्रविधि उद्यमी र स्टार्टअप प्रवर्तक सागर श्रेष्ठ, सामाजिक न्याय र मानव अधिकार अभियन्ता सन्तोष गुरुङलाई पनि सम्मान गरिएको थियो ।

यस वर्षको अवार्ड समारोहमा ग्लोबल नेपाली सोसाइटीले नेपाल र विदेशमा समाज परिवर्तनमा अतुलनीय योगदान गर्ने नेपाली नायकहरुलाई उच्च सम्मान गर्न सम्मान कार्यक्रम आयोजना गरेको हो । समारोहमा नेपाली डायस्पोरा र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वको उपस्थिति रहेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments