Monday, September 15, 2025
spot_img
Homeआर्थिकबैंकज्योति विकास बैंकको १७औं वार्षिकोत्सव सम्पन्न

ज्योति विकास बैंकको १७औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं, साउन ११

ज्योति विकास बैंक लिमिटेडको १७औं वार्षिकोत्सव सम्पन्न भएको छ । बैंकको केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित समारोहमा अध्यक्ष हरिचन्द्र खड्काले वार्षिकोत्सव कार्यक्रमकाे उद्घाटन गरे । सो अवसरमा अध्यक्ष खड्काले बैंकको स्थायित्व, सेवा विस्तार र सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धता दोहोर्याए ।

कार्यक्रममा सञ्चालक समिति सदस्य, पूर्वअध्यक्ष, पूर्व सञ्चालक तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो । वार्षिकोत्सवकै अवसरमा बैंकले सातै दिन २४सै घण्टा सेवा उपलब्ध गराउने एआई च्याटबट ‘ज्योति’ सार्वजनिक गरेको छ । ग्राहकलाई बैंकिङ जानकारीमा सहज पहुँच प्रदान गर्ने उद्देश्यले सार्वजनिक गरिएको यो च्याटबटले बैंकको डिजिटल सेवा थप प्रभावकारी बनाउन विश्वास व्यक्त गरिएको छ ।

त्यस्तै, बैंकले इन्टर बैंक टेलर क्यूआर सेवा पनि शुरु गरेको छ । यस सेवाबाट खाता नभएका व्यक्तिहरूले मोबाइल बैंकिङ एप वा खल्ती वालेट प्रयोग गरी बैंकका शाखाबाट नगद झिक्न सक्नेछन् । वार्षिकोत्सवका अवसरमा, बैंकले ‘हाम्रो विकास प्रवद्र्धन कोष’मार्फत विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूको घोषणा तथा सम्झौता गरेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments