मेरो एकजना साथीले पैसा कमाउने आशामा व्यवसाय सुरु गर्यो । तर त्यो व्यवसायप्रति उसको खासै रुची थिएन । उसले न त उद्योगलाई प्रेम गर्छ, न त उत्पादनलाई नै । उसले कामलाई पनि प्रेम गर्दैन तर यसै पैसा कमाइन्छ भन्ने सोच्दछ ।
उसले व्यवसाय त सुरु गर्यो तर जब अवश्यंभावी कठिनाई आइलाग्यो उसले व्यवसाय छाडिदियो ।
केही वर्षअघि एप्पल संस्थापक स्टिभ जब्सलाई उद्यमीहरुका लागि सबैभन्दा मूल्यवान सुझाव दिनका लागि आग्रह गरियो । त्यसको जवाफमा जब्सले भने- मानिसहरु भन्ने गर्दछन् कि हामीले आफूले गरिरहेको कामप्रति धेरै लगाव चाहिन्छ । वास्तवमा यो भनाइ पूर्ण रुपमा सत्य छ । यसको कारण के भने यदि तपाईंले त्यसो गर्नुभएन भने कुनै विवेकशील व्यक्तिले समेत त्यसै गर्न मुस्किल हुन्छ । कुनै दिगो समयसीमासम्म लगाव कायम राख्नु कठिन काम हो । त्यसैले यदि तपाईंले कामलाई प्रेम गर्नुभएन र कामलाई रमाइलोको रुपमा लिनुभएन भने तपाईंले त्यो काम कुनैदिन त्याग्नुहुन्छ । धेरैजसो मानिसहरुको हकमा यस्तै हुन्छ । सफल भएका उद्यमीहरुले आफूले गर्ने कामलाई माया गर्दछन् र त्यसमा दृढ रहन्छन् ।
तर जसले कामलाई प्रेम गर्दैनन् उनीहरुले त्यसलाई त्याग्छन् किनकि उनीहरु पागल हुँदैनन् । आफूले मन नै नपराउने चिजलाई आफूसँगै राख्न कसले चाहन्छ र ?
मेरो साथीले भने आफ्नो व्यवसाय तथा कामलाई प्रेम गरेन । नाफा खुम्चिएर झण्डै शून्यमा आइपुग्दा हुने चिन्ताले कुन सद्दे मानिसलाई पीडा दिँदैन ? त्यसैले साथीले व्यवसाय छाड्यो ।
यद्यपि उसले व्यवसाय त्याग्नुको मूल कारण चाहिं त्यसमा नाफा नहुनु होइन, त्यो व्यवसाय वा काम मन नपराउनु वा कामलाई कम प्रेम गर्नु नै थियो ।
त्यसैले हामीले के भन्न सकिन्छ भने कसैले पनि आफूले मन नपराउने व्यवसाय सुरु गर्नु हुँदैन । यद्यपि यो अल्पकालीन आयाम मात्रै हो । एक हिसाबले लगाव भन्ने कुरा प्रायः आफै विकास हुने कुरा हो पत्ता लगाउने कुरा होइन ।
सन् २०१४ मा Academy of Management Journal मा प्रकाशित शोध अनुसार अधिकांश व्यक्ति तथा अधिकांस सैद्धान्तिक ढाँचाले उद्यमशीलताको लगावले उद्यमशीलताको प्रयासलाई अगाडि बढाउने कुरामा विश्वास गर्ने भएता पनि अनुसन्धानले भने यसको विपरित कुरा पनि सत्य रहेको देखाएको छ । हामीले प्रयास बढाउँदै जाँदा हाम्रो उद्यमशीलताको लगाव पनि बढ्दछ । अर्थात् जब कुनै उद्यमीले आफ्नो कम्पनीमा धेरै काम गर्दछन् उनीहरु आफ्नो व्यवसायप्रति झनै उत्साहित हुन थाल्छन् । व्यवायमा गति तथा सिप हासिल गर्दा तथा स साना सफलताबाट आनन्दित हुँदै गर्दा उनीहरुको लगाव उल्लेख्य रुपमा बढ्दछ ।
त्यसैले लगावले प्रयासको झिल्को बालेझैं प्रयासले पनि लगावको झिल्को बाल्ने काम गर्दछ । अनि प्रयास बढ्दै जाँदा लगाव थपिंदै जान्छ र त्यसले प्रयास तथा कार्यलाई झनै बढाउँदै सफलताको विन्दुमा पूराउँदछ । र, यसका लागि तपाईंले सो कामलाई प्रेम गरेको हुनु पर्दछ ।
तथापि यो सधैं लागू नहुन पनि सक्दछ । कहिलेकाहीँ तपाईंले आफूले गर्ने कामको केही पक्षलाई मात्र पनि मन पराउन सक्नुहुन्छ । त्यसैले सफल हुनका लागि कामको प्रक्रिया र नतिजा दुबैलाई प्रेम गर्नु पर्दछ ।
कुनै कामलाई मन पराउनु वा स्टिभ जब्सले भनेझैं कामलाई माया गर्नुभयो भने तपाईंले कठिन परिस्थितिमा समेत आफ्नो काम छाड्नुहुन्न । जबकि त्यस्तो समयमा अरु आम मानिसले काम छाड्छन् ।
स्टिभ जब्सले उद्यमीहरुलाई दिएको सबैभन्दा मूल्यवान एउटा सन्देश यस्तो छ : यदि तपाईंसँग लगाव छैन र समय तथा काममा लगाव राख्न सक्नुहुन्न भने आफूले जे गर्नुहुन्छ त्यसमा व्यवसायिक तथा व्यक्तिगत तवरमा एक तहसम्मको लगाव पत्ता लगाउनुहोस् र आफ्नो लगाव भएको कुनै काम छान्नुहोस् ।
उद्यमशीलताको सौन्दर्य भन्नु नै तपाईंले आफूले कस्तो खालको व्यवसाय स्थापना वा सञ्चालन गर्ने भन्ने कुराको निर्णय आफै गर्न सक्नुहुन्छ । तपाईंले कहाँ, कहिले र कसरी भन्ने कुराको पनि निर्णय गर्न सक्नुहुन्छ । तपाईंले आफ्नो निर्णयलाई केवल तर्क तथा कारणमा मात्र होइन तपाईं के मा रमाउन सक्नुहुन्छ भन्ने कुरालाई पनि ध्यानम राख्नुहोस् । साथै आफूले सीप तथा अनुभव हासिल गरिसकेपछि रमाउन सकिन्छ भन्ने पनि सोच्नुहोस् ।
यस प्रकार कठिन समयमा तपाईंले केवल विवेकपूर्ण छनोट मात्र गर्नु पर्दैन तपाईंले लगावपूर्ण छनोट पनि गर्न सक्नुहुन्छ ।
र, यो विषयलाई आफ्नो जीवनका अन्य आयामहरुमा पनि लागू गर्नुहोस् । यदि तपाईंले कुनैपनि कामलाई प्रेम गर्नुहुन्न वा त्यस्तो काम गर्दा निकै कममात्र आनन्द मिल्दछ भने त्यसको विकल्पमा अरु काम गर्ने प्रयास गर्नुहोस् । फरक दृष्टिकोण कार्यान्वयन गर्ने प्रयास गर्नुहोस् । अन्य कार्यक्रम तथा योजनाहरु लागू गर्ने प्रयास गर्नुहोस् । कहिलेकाहीँ तपाईंको रुचि पनि लगावमा परिणत हुन सक्दछ ।
I do not even know how I ended up here, but I thought this
post was great. I do not know who you are but certainly you’re going
to a famous blogger if you aren’t already 😉 Cheers!