सेवा सञ्चार

SewaSanchar.com : खबरको विश्वासिलो केन्द्र

आज नेपालले इराकसँग खेल्ने

काठमाडौं। नेपालले आज फिफा वरियतामा माथिल्लो स्तरको टोली इराकविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ ।

इराकको बसरास्थित अल्फायहा अन्तराष्ट्रिय मैदानमा नेपाली समय अनुसार राती सवा १० बजेपछि सुरु हुने खेलमा नेपालले राम्रो गर्ने अपेक्षा गरिएको छ ।

तुलनात्मक रुपमा नेपाल भन्दा धेरै बलियो टोली भएता पनि नेपालले यसलाई अनुभव बटुल्ने अवसरको रुपमा लिईएको छ । अहिले इराक फिफा वरियतामा ६८ औं स्थानमा छ भने नेपाल १ सय ७१ औं स्थानमा छ ।

यसले पनि अनुमान गर्न सकिन्छ । खेल नेपालका लागि पक्कै सहज हुने छैन । नेपालले लामो समयपछि यो स्तरको टोलीसँग प्रतिष्पर्दा गर्दैछ ।

अर्को वर्ष कतारमा हुने फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत बाँकी खेलको तयारीमा रहेको नेपालले सोही तयारीका निम्ति इराक भ्रमण गरेको हो । यता घरेलु टोली इराक पनि विश्वकप र एसियन कप छ्नोटको लागि तयारी गर्दैछ ।

यता नेपाल र इराकबीच यसअघि तीन पटक भेट भएको छ । जसमा नेपालले सबै खेल गुमाएको थियो । सन् १९८२ मा एसियन गेम्सका दौरान नेपाल र इराक पहिलो पटक प्रतिस्पर्धा गरेका थिए । जसमा इराक ३-० ले विजयी भएको थियो । त्यसपछि सन् २००१ मा भेट हुँदा नेपाल ९-१ ले पराजित भएको थियो भने तेस्रो खेलमा इराक ४-२ ले विजयी भएको थियो ।

यसरी करिब दुई दशकपछि यी दुई आमने सामने हुँदैछन् । इराकलाई एसियामा राम्रो टिमको रुपमा लिने गरिन्छ । यता नेपाल दक्षिण एसिया भन्दा माथि उठ्न सकिरहेको छैन । तसर्थ खेल कस्तो हुनेछ भन्ने सजिल्लै अनुमान गर्न सकिन्छ । कुवेती प्रशिक्षक अलमुताईरीको प्रशिक्षणमा रहेको नेपाली टोलीमा उत्साह र युवा जोश भने देखिन्छ । त्यो आफैमा सकारात्मक पक्ष हो ।

छ्नोट प्रतियोगितामा समूह ‘बी’ मा रहेको नेपालको विश्वकप छ्नोट खेल्ने सम्भावना सकिसकेको छ । अब एसियन कपका लागि केही आशा भने जिवितै रहेको छ । नेपाल समूहको चौंथो स्थानमा रहेको छ । छ्नोटमा अब नेपालले अष्ट्रेलिया, जोर्डन र चाइनिज ताईपेसँग खेल्न बाँकी रहेको छ । जुन खेल कुबेतमा हुनेछन् । नेपाली टोली इराकसँग मैत्रीपूर्ण खेल खेलिसकेपछि कुबेत प्रस्थान गर्नेछ ।

जस अन्तर्गत नेपालले जुन ३ मा चाइनिज ताइपे, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्