पारस ,ज्ञानेन्द्रसहित नेपालका १० खेलाडी पाकिस्तान सुपर लिगको ड्राफ्टमा
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र पूर्व कप्तान पारस खड्कासहित नेपालका १० खेलाडीहरु पाकिस्तान सुपर लिग (पीएसएल) को ड्राफ्टमा परेका छन् ।
शनिबार पीएसएलले जारी गरेको ड्राफ्ट सूचीमा ज्ञानेन्द्र र पारससहित ९ खेलाडी विदेशी सिल्भर क्याटेगोरीको ड्राफ्टमा समावेश भएका छन् ।
जसमा राष्ट्रिय टोलीका उप – कप्तान दिपेन्द्र सिंह ऐरी,करण केसी, कुशल मल्ल ,पवन सर्राफ ,सुवास खकुरेल, अविनास बोहोरा र मोहम्मद आशिफ शेख रहेका छन् ।
योसँगै यस सिजनका लागि नेपालबाट कुल १० खेलाडी ड्राफ्टमा पर्न सफल भएका छन् । यसअघि सन्दीप लामिछाने प्लाटिनम क्याटेगोरीको ड्राफ्टमा परेका थिए ।
ड्राफ्टको प्राबधान अनुसार एउटा टोलीले कम्तिमा १६ देखि १८ खेलाडीलाई टिममा भित्राउन सक्नेछ । जसअन्तर्गत हरेक टोलीले प्लेटिनम,डाइमन्ड र गोल्ड क्याटोगोरीबाट ३-३ खेलाडीलाई अनुबन्धित गर्नु पर्ने हुन्छ । भने बाँकी अन्य क्याटोगोरीबाट टिमले खेलाडीलाई भित्राउने छ ।
यसपटक कुल २० देशका ४ भन्दा बढी खेलाडीहरु ड्राफ्टको सूचीमा रहेका छन् । फेब्रुअरीको तेस्रो साता देखि हुने सम्भावना रहेको प्रतियोगिताको ड्राफ्ट आईतबार हुनेछ ।