विवाह बन्धनमा बाँधिए रमेश प्रसाई र नन्दा सिंह
काठमाडौं । प्रखर वक्ता तथा नव गायक रमेश प्रसाई विवाह बन्धनमा बाँधिएका छन्। उनले कालिकोटकी नन्दा सिंहसँग लगन गाँठो कसेका हुन्।
करिब तीन वर्ष देखि प्रेम सम्बधमा रहेका रमेश दृष्टिविहिन समाजसेवि नन्दासँग सोमबार वैवाहिक बन्धनमा बाधिँएका हुन् । विवाह समारोह धरानमा भएको थियो ।
रमेशको जीवन साथी नन्दाले काठमाडौंमा बालआश्रम चलाइरहेकी छन् । यी दुईबीच तीन वर्षअघि चिनजान भएको र रमेशले सुरुमा प्रेम प्रस्ताव राखेका थिए । त्यसपछि यी दुई प्रेम सम्बन्धमा रहेका थिए र अहिले आएर त्यस प्रेम सम्बन्धलाई उनिहरुले विवाहमा परिणत गरेका हुन् ।
यता हालचालै ‘रिंकेबुङको राँगो’ बोलको कभर गितबाट अझ चर्चामा आएका रमेशलाई सामाजिक संजालमा पछ्याउनेहरुको ठूलो जमात रहेको छ ।
प्रतिक्रिया दिनुहोस्