सेवा सञ्चार

SewaSanchar.com : खबरको विश्वासिलो केन्द्र

विवाह बन्धनमा बाँधिए स्वेता र विजयन्द्र ,तस्बिरमा यस्तो देखियो

काठमाडौं  । नेपालकी चर्चित अभिनेत्री स्वेता खड्का विवाह बन्धनमा बांँधिएकी छिन् ।

सोमबार गोकर्ण फरेष्ट रिसोर्टमा उनको विवाह सम्पन्न भएको छ ।

यसबीचमा स्वेताको विवाहलाई लिएर चलचित्र क्षेत्रमा अनेकौं अड्कल बाजि काटिएको थियो । त्यस क्रममा अनेकौं कुराहरु पनि बाहिर नआएको पनि होईन । तर त्यसलाई वेवस्था गर्दै स्वेताले धनगढीका युवा विजयन्द्र सिहं  रावतसँग वैवाहिक सबन्धमा बाधिँएकी हुन् ।

यी दुई केही समय देखि प्रेम सबन्धमा रहेका थिए । यता स्वेताको यो दोस्रो विवाह हो । यसअघि उनले अभिनेता श्री कृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् ।

२०७१ सालको असार महिनामा यी दुई विवाह बन्धनमा बाधिँएका थिए । तर त्यसको करिब एक महिनापछि उपचारका क्रममा श्री कृष्णको भारतमा निधन भएको थियो ।

उनलाई श्री कृष्णलेनै चलचित्र क्षेत्रमा प्रवेश गराएका थिए । जुन चलचित्र कहाँ भेटिएला रहेको थियो । चलचित्र ब्याबसाहिक रुपमा पनि उत्तिकै सफल भएको थियो भने स्वेता र श्री कृष्णको जोडीलाई दर्शकहरुले पनि अत्यन्तै रुचाएका थिए ।

त्यसपछि स्वेताले श्रीमान् श्रीमती ,हासी देउ एक फेर , कोहिनुर, कान्छी लगायतका चलचित्रमा अभिनय गरेकी छिन् । अहिले भने उनि समाजसेवा , ब्यवसाय र चलचित्र निर्माणमा सक्रिय हुँदै आएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्