सेवा सञ्चार

SewaSanchar.com : खबरको विश्वासिलो केन्द्र

प्रकाश सपुतको ‘फुटेका चुरा’ले बजारमा तहल्का मच्चाउँदै : युट्युबको दोस्रो नम्बरमा उक्लियो

काठमाडौं । गायक प्रकाश सपुतको नयाँ कोशेली फुटेका चुराले अहिले बजार तत्ताउँदै गएको छ । सोमबार साझ युट्युबमार्फत सार्वजनिक भएको उक्त गितलाई अहिले दर्शकहरुले राम्रो साथ दिईरहेका छन् ।

त्यसको फलस्वरुप बिहीबारसम्म आईपुग्दा यस गित युट्युबको ट्रेन्डिङको दोस्रो नम्बरमा रहेको छ । जसलाई ९ लाख भन्दा बढी हेरिसकिएको छ भने ६५ हजार भन्दा बढीले लाइक र ६ हजार भन्दा बढि प्रतिक्रिया प्राप्त भएको छ ।

पछिल्लो समय एकपछि अर्को हिट गित दिदै आएका प्रकाश सपुतले यस गितमा पनि नयाँ झल्को दिएका छन् ।

जसअन्तर्गत सुरिलो लोक संगितलाई त्यतिकै कलात्मक भिडियोले साथ दिएको छ । जसमा सपुतलाई चर्चित अभिनेत्री नम्रता श्रेष्ठले साथ दिएकी छिन् ।

मुख्यत : भिडियोमा कुनै एक देशको रानी नाचगानमा माहिर सिपाहीसँग आकर्षित भएको देखाईएको छ । रानीको भूमिकामा नम्रता रहेकी छिन् । भने सिपाहीको रुपमा प्रकाश र कविता नेपाली रहेका छन् ।

गितमा स्वर प्रकाश सपुत र अनिता चलाउनेको रहँदा शब्द , संगित र निर्देशन स्वयम् सपुतकोनै रहेको छ ।

दोहोरी ब्याट्लबाट थप लोकप्रियता कमाएका गायक सपुतका यसअघि आएका बोल माया ,गलबन्दी र बदला बरिलैलाई दर्शकहरुले उत्तिकै राम्रोसँग साथ दिएका थिए ।

गायनसँगै नृत्य ,अभिनय, लेखन र निर्देशनमा समेत पोख्त देखिएका यिनै प्रकाश सपुत अहिले भने चलचित्र प्रदेशी -२ मा ब्यस्त रहेका छन् । जसको अहिले छायांकन भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्