दङ्गाली जनताले पनि भने – ‘राजा आउ देश बचाउ’
दाङ । राजतन्त्रको पक्षमा लुम्बिनी प्रदेशको राजधानी दाङमा पनि र्याली निकालिएको छ ।
बिहिबार दाङस्थित घोराहीमा सयौंको उपस्थितिमा मोटरसाइकल र कारसहित र्याली निकालिएको थियो ।
राजतन्त्रको समर्थनमा बुटवलबाट सुरु भएको यस र्यालीको लहर पोखरा,काठमाडौं हुँदै दाङ आईपुगेको हो ।
मध्याह्न घोराहीस्थित ट्राफिक चोकबाट सुरु भएको र्याली बजारका विभिन्न ठाउँलाई परिक्रमा गरि तुलसीपुर चोकमा आएर कोणसभामा परिणत भएको थियो ।
र्यालीका क्रममा उपस्थित दङ्गाली जनताहरुले राजतन्त्र पुन : स्थापनाको माग गर्दै‘राजा आउ देश बचाउ’,‘गणतन्त्रमा धोका भो’जस्ता नारा लगाएका थिए।
यस्तै राष्ट्रिय झण्डाका साथ उपस्थित रहेका दङ्गालीहरुले पृथ्वीनारायण शाहदेखि महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्र शाहका भनाइसहितको प्लेकार्ड समेत बोकेका थिए ।