सेवा सञ्चार

SewaSanchar.com : खबरको विश्वासिलो केन्द्र

आर्यनको जोडीमा उपासना तय

काठमाडौं । मेगा स्टार अनमोल केसीको जोडीको रुपमा क्याप्टेनबाट नेपाली रजतपटमा पाईला चालेकी नायिका उपासना सिंह ठुकुरीले अहिले आएर तेस्रो फिल्ममा साइन गरेकी छिन् ।

क्याप्टेनपछि कबड्डी कबड्डी कबड्डीमा अभिनय गरेकी उपासनाले आफ्नो तेस्रो फिल्म अन्तर्गत डिसेम्बर फल्समा साइन गरेकी हुन् ।

जसमा आर्यन सिग्देल मुख्य भूमिकामा रहेका छन् । यसअघिका दुई फिल्ममा राम्रो अभिनय गर्दै दर्शकहरुको मन जित्न सफल भएकी उपासनाको तेस्रो फिल्म भने के हुने हो त्यो भने हेर्न बाँकी रहेको छ ।

यता फिल्मलाई लिएर उपासना भनेर आशाबादी र उत्साहित देखिएकी छिन् । उनका अनुसार फिल्मको कथा मन परेरनै फिल्म साइन गरेको उनको कथन रहेको छ ।

भारतीय सिनेमा उद्योगमा कार्यरत प्रवीण झाले निर्देशन गर्न लागेको यस फिल्म रिजाल एण्ड रिजाल प्रोडक्सनमा निर्माण हुन् लागेको छ ।

फिल्ममा आर्यन , उपासनासँगै सलोन बस्नेत , सुमन थापा , नागेन्द्र रिजाल , नरेश भट्टराईलगायतको अभिनय रहने छ ।

अर्को वर्ष साउन १ गते प्रदर्शन मिति तोकिएको यस फिल्म काठमाडौ र पोखरामा छायांकन गरिने निर्माण पक्षले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्