सेवा सञ्चार

SewaSanchar.com : खबरको विश्वासिलो केन्द्र

मंसिर २२ मा बिहे गर्दै अभिनेत्री स्वेता खड्का

काठमाडौं (सेवा सञ्चार ) । नेपालकी चर्चित अभिनेत्री स्वेता खड्का विवाह बन्धनमा बांँधिन लागेकी छिन् ।

पछिल्लो समय नेपाली सञ्चारमाध्यमहरुको रिपोर्ट अनुसार स्वेताको विवाह यहीँ मंसिर २२ गते हुने पक्का भएको छ । जसलाई परिवारनिकटले प्रमाणित गरिसकेका छन् ।

अहिले गोकर्ण फरेष्ट रिसोर्टमा विवाहका लागि तयारी पनि सुरु भएको परिवार निकटका सदस्यहरुले जानकारी गराएका छन् ।

यसबीचमा स्वेताको विवाहलाई लिएर चलचित्र क्षेत्रमा अनेकौं अड्कल बाजि काटिएको थियो । त्यस क्रममा अनेकौं कुराहरु पनि बाहिर नआएको पनि होईन ।

तर अहिले आएर स्वेताले आफ्नो प्रेमलाई विवाहमा परिणत गर्न लागेकी छिन् । जस अन्तर्गत उनले धनगढीका युवक विजेन्द्र सिंह रावतसँग विवाह गर्दैछिन् ।

यी दुई केही समय देखि प्रेम सबन्धमा रहेका थिए । यता स्वेताको यो दोस्रो विवाह हुनेछ । यसअघि उनले अभिनेता श्री कृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् ।

२०७१ सालको असार महिनामा यी दुई विवाह बन्धनमा बाधिँएका थिए । तर त्यसको करिब एक महिनापछि उपचारका क्रममा श्री कृष्णको भारतमा निधन भएको थियो ।

उनलाई श्री कृष्णलेनै चलचित्र क्षेत्रमा प्रवेश गराएका थिए । जुन चलचित्र कहाँ भेटिएला रहेको थियो । चलचित्र ब्याबसाहिक रुपमा पनि उत्तिकै सफल भएको थियो भने स्वेता र श्री कृष्णको जोडीलाई दर्शकहरुले पनि अत्यन्तै रुचाएका थिए ।

त्यसपछि स्वेताले श्रीमान् श्रीमती ,हासी देउ एक फेर , कोहिनुर, कान्छी लगायतका चलचित्रमा अभिनय गरेकी छिन् । अहिले भने उनि समाजसेवा , ब्यवसाय र चलचित्र निर्माणमा सक्रिय हुँदै आएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्