सेवा सञ्चार

SewaSanchar.com : खबरको विश्वासिलो केन्द्र

करिब तीन वर्षको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्दै नव गायक रमेश प्रसाई

काठमाडौं । प्रखर वक्ता तथा नव गायक रमेश प्रसाई विवाह बन्धनमा बाधिँने भएका छन् ।

करिब तीन वर्ष देखि प्रेम सम्बधमा रहेका रमेशले कालीकोटकी दृष्टिविहिन नन्दा सिंहसँग वैवाहिक सम्बन्धमा बाधिँन लागेका हुन् ।

विवाह मंसिर २२ मा हुने पक्का भएको छ । जसलाई रमेश स्वयम् ले पुष्टि गरिसकेका छन् । त्यसका लागि अहिले दुबै पक्षका परिवारले आफ्नो तयारीमा जुटिरहेका छन् ।

रमेशले विवाह गर्ने लागेका नन्दाले काठमाडौंमा बालआश्रम चलाइरहेकी छन् । यी दुईबीच तीन वर्षअघि चिनजान भएको र रमेशले सुरुमा प्रेम प्रस्ताव राखेका थिए । त्यसपछि यी दुई प्रेम सम्बन्धमा रहेका थिए र अहिले आएर त्यस प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्दैछन् ।

हालचालै ‘रिंकेबुङको राँगो’ बोलको कभर गितबाट अझ चर्चामा आएका रमेशलाई सामाजिक संजालमा पछ्याउनेहरुको ठूलो जमात रहेको छ ।

प्रतिक्रिया दिनुहोस्