सेवा सञ्चार

SewaSanchar.com : खबरको विश्वासिलो केन्द्र

मन्त्री ढकाल भन्छन् – करिब ७२ प्रतिशत जनतालाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउनेछौँ

चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस ( कोभिड–१९) विरुद्धको खोप करिब ७२ प्रतिशत जनतालाई उपलब्ध गराउने बताएका छन् ।

सोमबार भरतपुर अस्पतालको आकस्मिक सेवा भवन र सरुवा रोग सेवा भवनको शिलन्यास कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री ढकालले उक्त कुरा बताएका थिए ।

पछिल्लो समय खोपको विकाश क्रमलाई हेर्दा १४ वर्ष मुनिका बाल – बालिकालाई खोप परिक्षण नगरिएको हुँदा लगाउन नमिल्ने स्पष्ट पारेका हुन् ।

हाल विभिन्न देशले तयार पारेको खोपलाई विश्व स्वास्थ्य सङ्गठन(डब्लूएचओ)ले प्रमाणित गरेसँगै खोप नेपालमा पनि आउँने उनले जानकारी गराए ।
त्यस क्रममा कति खरिद गरेर ल्याउने र कति अनुदानमा ल्याउने बारेमा मन्त्रीपरिषद् मा छ्लफलपछि निर्णय गरिने मन्त्री ढकालको कथन रहेको छ ।

यता शिलन्यास गरिएको सरुवा रोग अस्पताल र आकस्मिक कक्ष समान ५०/५० शैयाको हुनेछन् । आकस्मिक भवन निर्माणका लागि सरकारले ९ करोड रुपैयाँ उपलब्ध गराएको छ भने सरुवा रोगका लागि पहिलो वर्ष ८ करोड उपलब्ध हुनेछ । जसलाई तीन वर्ष भित्रमा निर्माण गरिसकिने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्